मेरो समाज
यो सन्सारमा खै कस्को बिश्वाश गरुँ ?
मेरा आफ्नै काकाबाट मेरो इज्जत लुटिदा
बलात्कृत म आफ्नै बुवाबाट कुटिदा
कस्ले सम्हाल्यो मलाई कस्ले सम्झायो?
मेरो हत्या गरि उस्ले आफुलाई सोझ्यायो।
मेरा सपना सबै मरेर गए जिउदो लास भाकी छु
लुटिएका अश्मिता बोकि आज न्यायको सरणमा आकि छु
खै कस्ले बोल्दिन्छ मेरा लागी?
कैले पाउछ अपराधीले फासी?
कानून भन्नु नाम मात्र रह्यो काम सबै पैसामा बिक्छ
अस्वीकार्यको बदलामा उस्ले मेरो अनुहारमा एसिड छिड्छ।
गल्ती अझै ठरिन्छ मेरै म एक्लै हिड्नु मेरो गल्ती भयो
नरपिचासीले त मेरो सरिर लुट्यो समाजले अब सास लुट्ने भयो ।
This poem is about:
My country
Guide that inspired this poem: